images
images
  • होटल व्यवसायी थापाले पैदल यात्रा गरेरै पशुपतिनाथको जल दोलखा भीमेश्वरलाई चढाए

    चरिकोट- मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी घर भइ हाल दोलखा सदरमुकाम चरिकोटमा होटल व्यवसाय संचालन गर्दै आएका बिष्णु बहादुर थापाले काठमाडौमा अवस्थित पशुपतिनाथ मन्दिर देखि दोलखाको प्रसिद्द भीमेश्वरको मन्दिर सम्म पैदल हिडेर पशुपतिनाथको जल ल्याई भीमेश्वर लाई चढाएका छन् ।

    देशमा शान्ति होस, कुनै अशान्ति वा अनिष्ट भएर देश र जनतालाई कुनै प्रकारको अशान्ति नहोस भन्ने उद्देश्यले यही श्रावण महिनाको २ गते पहिलो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुजा आराधना गरि पशुपतिको जल बोकेर ल्याई भीमेश्वर लाई चढाएको बिष्णु थापाले बताए ।

    मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका बिष्ण बहादुर थापा, मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका वडा अध्यक्ष ईश्वर कोईराला, रमेश आचार्य र मनहरि थापा गरि ४ जनाको समुहले पैदलै हिडेर जल बोकेर ल्याइ भीमेश्वरलाई चढाइएको हो ।

    पशुपतिनाथ मन्दिर देखि नै जुत्ता ,चप्पल केही नलगाई खालि गोडा नै जल ल्याएर भीमेश्वरलाई चढाउने इच्छा रहे पनि काब्रेको साँगामा आइपुग्दा अचानक केुनै बस्तुले पैताला काटिएकोले चप्पल लगाएर आउनु परेको थापाले बताए ।

    भीमेश्वरलाई पसिना आएमा देश र जनतामा कुनै न कुनै अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेकोले २०७० साल पौष १ गते भीमेश्वरलाई पसिना आएपछि देश र जनतालाई कुनै अनिष्ट नहोस भनेर पौष ५ गते धार्मिक आस्थाका धनी थापाले काठमाडौ पशुपति मन्दिर देखि भीमेश्वर मन्दिर सम्म उल्टो गाडी गुडाएर पशुपतिनाथको जल ल्याई भीमेश्वरलाई चढाएका थिए भने २०७४ साल माघ महिनामा पनि पशुपतिनाथ मन्दिर देखि गाडी सुल्टो गुडाएर ल्याई जल चढाउनु भएकोमा यो पटक भने पैदल हिडेर जल चढाएका हुन् ।

    श्रावण २ गते बिहान पशुपतिनाथ मन्दिर बाट जल बोकी पैदल यात्रा सुरु गरिएकोमा पहिलो दिन पाँचखाल ,दोस्रो दिन मुडे बजार भन्दा तल रहेको पेट्रोल पम्प,तेस्रो दिन भीमेश्वर नगरपालिकाको चोथाङमा बास बसि ४ दिनको दिन भीमेश्वरलाई जल चढाउन सफल भएको थापाको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images