images
images
  • छानबिन समितिसँग पूर्वअर्थमन्त्री शर्माको बयान: लागेका सबै आरोप अस्वीकार

    काठमाडौं- संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बिहीबार बिहान बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए ।

    शर्माले पदमा रहँदा आफूले कुनै गलत काम नगरेको दाबी दोहोर्याएका छन्। बयानमा उनले आफूविरुद्ध लागेका सबै आरोप अस्वीकार गरे।

    संसदीय छानबिन विशेष समितिका एक सदस्यका अनुसार तत्कालीन अर्थमन्त्री शर्माले आफूले करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएको तथा सीसीटीभी फुटेज डिलिट गरेको भन्ने आरोप गलत भएको जिकिर गरेका हुन्।

    अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएनु, शर्माले समितिमा भने । उनीसँग अहिले सोधपुछको काम भइरहेको छ।।

    समितिले आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गरेको हो।

    प्रतिक्रिया दिनुहोस्