काठमाडौं- संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने विषयमा गठित समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दै छ । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् ।
आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ। समितिमा बयान दिनका लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् ।
यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।
आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।


विश्व खबर 


















