२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

बेलायती प्रधानमन्त्री बोरिसले गरे प्रेमिकासँग विवाह

boris jonshon marriage reuters

काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् । ५६ वर्षीय बोरिसले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेको बीबीसीले जनाएको छ ।

यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गरेका हुन् । उनीहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको जनाइएको छ ।

उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख छ ।

जोन्सनको विवाह एकदमै गोप्य राख्ने कोशिस गरिएको थियो । विवाहबारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा नदिइएको जनाइएको छ ।

विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n