images
images
  • भारतबाट पेट्रोलको मूल्य घटेर आउँदा पनि निगमलाई प्रतिलिटर १४.१९ रुपैयाँ घाटा

    काठमाडौं- नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपनि पेट्रोलमा घाटा कायमै रहेको जनाएको छ। निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ प्रतिलिटर घाटा रहेको हो । यस्तै डिजेलमा २१.९२ रुपैयाँ तथा ग्यासमा पनि प्रतिसिलिन्डर ५८२ रुपैयाँ ४२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

    यद्यपी हवाई इन्धनमा भने केही नाफा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब १६ कारोड घाटा हुने देखिएको निगमले जनाएको छ ।

    निगमका अनुसार पेट्रोलको खरिद लागत १९५ रुपैयाँ १९ पैसा रहेको छ भने हालको बिक्रीमूल्य १८१ रुपैयाँ छ । यस्तै डिजेलको खरिद लागत १९३ रुपैयाँ ९२ पैसा हुँदा हालको बिक्रीमूल्य १७२ रुपैयाँ रहेको छ । यस्तै ग्यास २३८२.४२ रुपैयाँमा किनेर निगमले १८०० रुपैयाँमा बेच्दै आएको छ ।

    निगमले पेट्रोलियम पदार्थ खरिदवापत भुक्तानी गर्नुपर्ने बक्यौता रकमलाई घटाउनका लागि सरकारले ७ अर्ब रुपैयाँ ऋण दिने निर्णय भएको जानकारी दिएको छ ।

    oil rate

    प्रतिक्रिया दिनुहोस्
    images
    images