images
images
  • दैलेखमा करारका कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    दैलेख- दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी र प्रहरीबीच झडप भएको छ । गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो ।

    झडपमा ७ जना घाइते भएको छन् । घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन् भने अन्य दुई जना आन्दोलनकारीहरु रहेको प्रहरी प्रमुख भुवनेश्ववर शाहले बताए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि सुर्खेत ल्याइएको छ ।

    आन्दोलनले अग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images