images
images
  • खतरापूर्ण बन्दै दशौँ लाख आईफोन !

    काठमाडौं- आईफोनका पुराना मोडलहरू असुरक्षित बन्दै गइरहेका छन् । एप्पलले नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरेसँगै पुराना फोनहरूमा नयाँ सेक्युरिटी अपडेट दिँदैन । झट्ट सुन्दा यो त सामान्य हो, सधैँ यस्तै त हो नि भन्ने पनि लाग्न सक्छ ।

    वास्तवमा प्रयोगकर्ताहरूका लागि भने यो ठूलो सुरक्षा चुनौती बन्नसक्छ । हरेक वर्ष एप्पलले नयाँ आईओएस सार्वजनिक गर्छ । नयाँ आईओएस अपडेटमा नयाँनयाँ फिचरहरू उपलब्ध हुन्छन् ।

    याँ फिचरसँगै स्मार्टफोनको लागि नयाँ सुरक्षा अपडेटहरू पनि आउने गर्छन् । यही सेप्टेम्बरमा कम्पनीले आईओएस १६ सार्वजनिक गर्ने छ । यद्यपि धेरै आईफोनमा यो अपडेट नआउने भएको छ ।

    यसको अर्थ हो नयाँ अपडेट नपाउने प्रयोगकर्ताहरूले फोनमा थुप्रै सेक्युरिटी अर्थात सुरक्षा फिचरहरू प्रयोग गर्न पाउने छैनन् । आउने नयाँ आईओएस १६ आईफोन सिक्स एस, आईफोन सेभेन, आईफोन एसईको पहिलो जेनेरेसनका फोनमा उपलब्ध हुने छैन ।

    कुनकुन आईफोनले पाउनेछन् आईओएस १६ अपडेट ? 

    • आईफोन थर्टिन
    • आईफोन थर्टिन मिनी
    • आईफोन थर्टिन प्रो
    • आईफोन थर्टिन प्रो म्याक्स
    • आईफोन ट्वेल्भ
    • आईफोन ट्वेल्भ मिनी
    • आईफोन ट्वेल्भ प्रो
    • आईफोन ट्वेल्भ प्रो म्याक्स
    • आईफोन इलेभेन
    • आईफोन इलेभेन प्रो
    • आईफोन इलेभेन प्रो म्याक्स
    • आईफोन एक्स एस
    • आईफोन एक्स एस म्याक्स
    • आईफोन एक्स आर
    • आईफोन एक्स
    • आईफोन एट
    • आईफोन एट प्लस
    • आईफोन एसई (दोस्रो जेनेरेसन)

    प्रतिक्रिया दिनुहोस्
    images
    images