images
images
  • आज यी ९ जिल्लाका नदीहरूको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं- आज (बिहीवार) दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ लगायत क्षेत्र भई बहनेससाना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यी जिल्लाहरूसँगै रुकुम पश्चिम, सल्यान, दैलेख, बैतडी, डडेलधुरा र आसपासका क्षेत्र भई बहने नदीहरूमा पनि बहाव बढ्ने विभागको पूर्वानुमान छ ।

    यी नदीहरूमा आकस्मिक वहाव समेत हुन सक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।

    यस्तै आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै रहेको विभागले जनाएको छ ।

    विभागले आगामी ३ दिनसम्म प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहने पूर्वानुमान गरेको छ ।

    यस्तै साउन ३ गतेदेखि ५ गतेसम्म देशभरका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान विभागको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images