काठमाडौं- भिभोले वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरू भएको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेका छ ।
नयाँ पुस्ताहरूलाई आवश्यकता अनुरूप क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै ‘कुल’ आवश्यकताहरू रहेको भिभोले जनाएको छ ।
वाई ५५ उत्कृष्ट विशेषताहरूको साथ उचित मूल्यमा उपलब्ध स्मार्टफोन हो, जसले कम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा भिभो नेपालले जनाएको छ ।
वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ ।
जसले गर्दा रगेमिङ, स्ट्रिमिङ लगायत दैनिक कार्यहरू निर्धक्क भएर गर्न सजिलो हुने भिभोले उल्लेख गरेको छ ।
क्वाल कम स्न्याड्रेगन ६८०६ एनएम प्रोसेसरमार्फत वाई५५ ले शक्तिशाली प्रदर्शन सुनिश्चित रहेको कम्पनीले दाबी गरेको छ । यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा काम लगायत सबै कार्यहरू सहज, थप सुव्यवस्थित र छिटो हुने कम्पनीले जनाकारी दिएको छ ।
यसबाहेक, उपकरणमा एक्सटेन्डेड र्याम २.० छ ।
साथै, यसलाई उपयुक्त बनाउन स्मार्टफोनमा भएको ८ जीबी र्यामलाई अझ ४ जीबीसम्म थप्न सकिने कम्पनीले जनाएको छ ।
वाई ५५ मा ५० एमपी रियर क्यामेरा छ जसले भिभोको इमेज टेक्नोलोजीलाई यसको उत्कृष्ट क्यामेरा नवीनताद्वारा कम्प्लीमेन्ट गर्ने भिभा नेपाले जनाएको छ ।


विश्व खबर 



















