काठमाडौं– नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन मंगलबार २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकामा हिजो एकैदिन २९ हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले बताएको हो ।
एक्स्पोको पहिलो दिन विभिन्न सवारीसाधन कम्पनीले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् ।
एक्स्पोको पहिलो दिन ‘लगानी तथा वित्तीय क्षेत्रबाट आर्थिक वृद्धिमा सहयोग’ विषयमा छलफलसमेत भएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो । ६ दिनसम्म चल्ने एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन् ।
सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले विभिन्न विशेष योजना तथा सहुलियत कर्जासमेत उपलब्ध गराइरहेका छन् ।
हेर्नुहोस् पहिलो दिनका तस्बिरहरू–






















विश्व खबर 




















