images
images
  • सरकारको चरम आतंक र पदिय दुरुपयोगका बावजुत बुढीगंगामा एमालेलाई जिताएकोमा धन्यवाद !

    बाजुरा- नेकपा एमालेका केन्द्रिय सदस्य एवं बाजुराका इन्चार्ज लाल बहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

    नगरपालिकामा ७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी भएपछि थापाले विज्ञप्ति जारी गर्दै चुनावी अभियानमा सहयोग गर्ने सम्पुर्ण नगरवासीलाई हार्दिक बधाई तथा धन्यबाद दिएका हुन् ।

    थापाले देउवा नेतृत्वको सरकारले चरम राज्य आतंक, निर्वाचन आयोग, सर्बोच्च अदालत, स्थानीय प्रशासन र वित्तीय श्रोत समेतको चरम दुरुपयोग गरेको थापाले आरोप लगाएका छन् ।

    एमालेको जित सुनिश्चित भएपछि सरकारले लोकतान्त्रिक मुल्य मान्यता, विद्यमान स्थानीय तह निर्वाचन सम्बन्धी ऐन कानुन र छानबिन समितिको प्रतिवेदन बिपरित निर्वाचन आयोगको बहुमतले जेठ १२ गते पुन निर्वाचन गर्ने निर्णय गरि जनताको अभिमत माथी अन्याय गरेको उनले भने ।

    बुढीगंगा नगरपालिका मेयर-उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

    मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।

    यस विजयबाट परमादेश सरकारका प्रधानमन्त्री, सर्बोच्च अदालत, निर्वाचन आयोग, गृहमन्त्री र गृह प्रशासन समेत पराजित भई सार्वभौम जनताका सामु घुडा टेकेको थापाले टिप्पणी गरेका छन् ।

    बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।

    यस्तो छ थापाद्धारा जारी विज्ञप्ती:

    २०७९ बैशाख ३० गते सम्पन्न ७५३ वटा स्थानीय तहको निर्वाचन भएकोमा बाजुराको बुढीगंगा नं.पा. मा परमादेशी सरकारको चरम राज्य आतंक, निर्वाचन आयोग, सर्बोच्च अदालत, स्थानीय प्रशासन र वित्तीय श्रोत समेतको चरम दुरुपयोगका बावजुत नेकपा (एमाले) बिजय हुने देखेर लोकतान्त्रिक मुल्य मान्यता, विद्यमान स्थानीय तह निर्वाचन सम्बन्धी ऐन कानुन र छानबिन समितिको प्रतिवेदन बिपरित निर्वाचन आयोगको बहुमतले जेठ १२ गते पुन निर्वाचन गर्ने निर्णय गरि जनताको अभिमत माथी अन्याय गरियो ।

    यहि असार २३ गते भएको पुन निर्वाचनमा नेकपा (एमाले) ले प्रमुख, उप्रमुख सहित १० वडा मध्ये ७ वडामा भारि मतले बिजय भएको छ । यस विजयबाट परमादेश सरकारका प्रधानमन्त्री, सर्बोच्च अदालत, निर्वाचन आयोग, गृहमन्त्री र गृह प्रशासन समेत पराजित भई सार्वभौम जनताका सामु घुडा टेकेका छन्।

    यस चुनावी अभियानमा सहयोग गर्ने सम्पुर्ण नगरवासीलाई हार्दिक बधाई तथा धन्यबाद् दिन चाहान्छु।सम्पूर्ण विजयी उम्मेदवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

    मा.लाल बहादुर थापा
    नेकपा(एमाले) केन्द्रिय सदस्य एवम्
    बाजुरा जिल्ला इन्चार्ज

    प्रतिक्रिया दिनुहोस्
    images
    images