images
images
  • शनिबार एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी

    काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो (शनिबार) एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ ।

    हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ ।

    प्राय: शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो ।

    चालू आवमा १६ खर्ब ३२ अर्ब पुँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ ।

    विकास खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।

    चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारले राखेको थियो । शनिबारसम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images