images
images
  • बुढीगंगा निर्वाचन: कुन वडामा कसले कति मत ल्याए ? (सूचीसहित)

    काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ ।

    बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो ।

    मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा माया कुमारी खड्का (कुवँर) विजयी भए । बानियाँले ४,७७७ मत तथा कुवँरले ४,७२७ मत ल्याइन् ।

    कसले कुन वडा जिते ?

    एमाले निर्वाचित भएका वडा :

    वडा नम्बर १
    रण वहादुर थापा (एमाले) : ४१६ (निर्वाचित)
    लोगबहादुर थापा (कांग्रेस) : ३५८

    वडा नम्बर २
    पदमबहादुर भण्डारी (एमाले) : ८३८ (निर्वाचित)
    नरबहादुर थापा (कांग्रेस) : २३५

    वडा नम्बर ३
    खडकबहादुर अधिकारी (एमाले) : ५२५ (निर्वाचित)
    गोरखबहादुर रौले (कांग्रेस) : २१९

    वडा नम्बर ५
    चक्रबहादुर थापा (एमाले) : ४९६ (निर्वाचित)
    खडगबहादुर थापा (कांग्रे) : ३०५

    वडा नम्बर ६
    हेमराज जैशी (एमाले) : ४१२ (निर्वाचित)
    बलबहादुर थापा (कांग्रेस) : ३५३

    वडा नम्बर ९
    मिनबहादुर सिंह (एमाले) : ४८२ (निर्वाचित)
    भरतबहादुर थापा (एकीकृत समाजवादी) : २९३

    वडा नम्बर १०
    दलबहादुर सावद (एमाले) : ५४८ (निर्वाचित)
    मोहनबहादुर बुढा (कांग्रेस) : ४९१

    कांग्रेस निर्वाचित भएका वडाहरू :
    वडा नम्बर ४
    मीनबहादुर शाह (कांग्रेस) : ८४० (निर्वाचित)
    प्रकाशबहादुर रावल (एमाले) : १८२

    वडा नम्बर ७
    भवनसिंह केसी (कांग्रेस) : ३८१ (निर्वाचित)
    मन्नामे बिस्ट (एमाले) : ३४२

    वडा नम्बर ८
    रमेशबहादुर रावल (कांग्रेस) : ३५९ (निर्वाचित)
    विराज रावल (एमाले) : ३०१

    गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images