images
images
  • बुढिगंगा नगरपालिकाको मतगणना शुरु

    बाजुरा- बाजुराको बुढिगंगा नगरपालिकाको मतगणना शुरु भएको छ । मतगणना वडा नम्बर १ र १० को शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय बुढिगंगाले जनाएको छ । गणना दुइ ठाउँ बाट शुरु गरिएको छ ।

    बिहान ११ बजे बाट गर्ने सर्वदलिय बैठकको निर्णय भएपनि गणनामा केही ढिलाई भएको हो । मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको धिकारी नवराज अबस्थीले बताए ।

    मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ । झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ ।

    कुल मतदाताको ६६,८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

    गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
    पुन: मतदान २३ असारमा (हिजो) सम्पन्न भएको थियो।

    नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् ।

    काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images