images
images
  • युवा पलायन हुनबाट रोक्न सामाजिक सुरक्षा कोषको भूमिका महत्वपूर्ण छ : श्रममन्त्री कुँवर

    काठमाडौ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठुलो संख्यामा युवाहरु पलायन हुने क्रम बढिरहेकोले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

    तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिकां’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो कुरा बताउनुभएको हो ।

    मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई सबल, सक्षम बनाउने कार्यमा सरकार सक्रिय भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई सहुलियत दिने गरी ऐन कानुनहरु सिर्जना गरी जनप्रेमी र जनताको हित हुने खालका योजनाहरु सार्वजनिक गछौं ।’

    291839035 408739141273208 19861171556538056 n

    पछिल्लो समय युवा पलायन बढ्दा मुलुकको आयातमा मात्र भर पर्नुपरेको भन्दै यसले विदेशी मुद्राको सञ्चिति ह्रास आएको र राजस्वमा समेत गम्भीर असर पर्ने गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘युवा पलायन रोकिनुपर्दछ, युवालाई उद्यमी र स्वरोजगारमुखी कार्यमा लगाउनुपर्दछ जसका लागि सामाजिक सुरक्षा कोषले आकर्षक कार्यक्रमहरु तर्जुमा गर्नुपर्दछ ।’

    उहाँले पत्रकार र कलाकारहरुको समेत समाजमा ठुलो योगदान रहने भएपनि उनीहरुको भविष्य अन्धकार हुने गरेकाले पत्रकार र कलाकारहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images