images
images
  • बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

    बझाङको बुङ्गल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ परेका छन्।

    बुङ्गल नगरपालिका वडा नं १ बस्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

    बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका अन्दाजी १४ वर्षीय, १५ वर्षीय र १६ बर्षीय तीन जना लाई पक्राउ गरेको हो।

    जेठको दोस्रो सातातिर बालिकाका आमाबुबा रोपाईंमा गएको र घरमा कोही नभएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images