images
images
  • फेसबुकमा राष्ट्रपतिको फोटोसहितको फर्जी विज्ञापन

    काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोसहित ‘नेपाली जनताका लागि छात्रवृत्ति’ लेखिएको र नेपालमा प्रति परिवार १ हजार डलर पाउने दावीसहितको विज्ञापन गरिएको (स्पोन्सर्ड) पोस्ट भाइरल भएको छ।

    नेपाली प्रयोगकर्तालाई लक्षित गरी फेसबुकमा विज्ञापन गरिएको (स्पोन्सर्ड) पोस्ट ‘अनुदान’ शीर्षकको फेसबुक पेजमा राखिएको छ।

    प्रति परिवार १ हजार डलर पाउने भनिएको यो पोस्टमा सोमबार साँझ ७ बजेसम्म ५ सयभन्दा रियाक्सन, १४५ वटा कमेन्ट र १६ पटक सेयर भएको देखिएको छ।

    के हो तथ्य ?
    उक्त फेसबुक पेजको पेज ट्रान्सपरेन्सी विवरण हेर्दा २०२२ जुलाई ४ मा बनाइएको देखिएको छ। नयाँ पेज भए पनि विज्ञापनकै मद्दतबाट फेसबुकमा यसले धेरै इन्गेजमेन्ट पाएर धेरै जनामा पुगेको देखिन्छ।

    कसैले फेसबुक पेज जस्तै ठानेर यसमा आफ्नो युजर नेम र पासवर्ड राखेमा त्यो यो फिसिङ साइट होस्ट गर्नेको इमेलमा जान्छ।

    टेकटार्गेटका अनुसार फिसिङ छलको एउटा तरिका हो जसमा आक्रमणकारीले आफूलाई प्रतिष्ठित संस्था वा व्यक्तिका रुपमा इमेल वा सञ्चारको अन्य माध्यमबाट पीडितको लग इन विवरण वा खाता सम्बन्धी जानकारी लिन्छ। पहिले इमेलबाट यसको धेरै प्रयोग हुने गरे पनि अहिले भने सामाजिक सञ्जालबाट पनि आक्रमण हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images