images
images
  • सिन्धुलीको होटलभित्रै महिलाले गरिन् युवकको हत्या

    काठमाडौं- सिन्धुलीमा होटलभित्र एक युवकको हत्या भएको छ। कमलामाई नगरपालिका–६ धुराका सुमन बि.कको हत्या भएको प्रहरीले जनाएको छ।

    हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका–३ तामाजोरकी ३५ वर्षीया मायारानी थिङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। लोकतान्त्रिक चोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झगडा हुँदा मायारानीले सुमन बि.कको घाँटी थिचेर हत्या गरेको प्रहरीको दाबी छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई राति नै पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images