images
images
  • वाणिज्य विभागद्धारा देशभरका ७१ वटा कम्पनीलाई कारवाही

    काठमाडौं- सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरु गरेको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रबार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो।

    अनुगमनका क्रममा मुलुकभरका विभिन्न स्थानमा ७१ वटा कम्पनीलाई कारवाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए। जसमध्ये विभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारवाही गरिएको छ। त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिएको छ भने मधेस प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारवाही गरिएको विभागले जनाएको छ।

    त्यस्तै अन्य स्थानमा पनि प्रभावकारीरुपमा अनुगमन गरिएको शर्माले बताए। त्यस्तै बजारमा चिनीको भाउ महङ्गीएको विषयमा पनि विभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए। त्यस्तै उनले बजारमा अन्य कम्पनीको नूनको विषयमा पनि छानबिन गर्न अनुसन्धान टिम बनाएको र नूनको नमुना परिक्षणका लागि पठाइएको जानकारी दिए।

    यस्तै विभागले ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्रता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images