images
images
  • घोराही टेक्टर प्रालीको प्रथम साधारणसभा एवं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनःशाहि चयन

    दाङ- घोराही टेक्टर ढुवानी सेवा प्रालीको प्रथम साधारणसभा एवं अधिवेशन एक कार्यक्रम विच संम्पन्न भएको छ। प्रालीको सभाहलमा भएको कार्यक्रमले पुनः रविन्द्र वहादुर शाहीलाई अध्यक्ष पदमा चयन गरेको छ। टेक्टर व्यवसायी समितिवाट प्रालीमा रुपान्तरण भैसकेपछि प्रालीको यो पहिलो साधारणसभा र अधिवेशन हो । साधारणसभामा कोषाध्यक्ष हरीवंस दाहालले आर्थिक वर्ष २०७८/०७९ को आयव्यय विवरण पेस गरेका थिए भने सचिव मदनकुमार आचार्यले प्रगति विवरण पेस गरेका थिए।

    कार्यक्रममा प्रालीका सल्लाहकार किरणकुमार रेग्मीले अहिले टेक्टर व्यवसायीहरु मर्कामा परेको वताउदै अहिलेको संवेदनशील अवस्थामा हामी एकतावद्ध भई अघि बढ्नुको विकल्प नभएको बताए। हामी व्यवसायीहरुले सुखदुःख गरी जोडेको सम्पत्ति हाम्रो नाममा छैन, हामी घाटामा चलिरहेका छौ त्यसैले हामी सुझवुझका साथ अघि बढ्नु पर्छ।

    290802437 1462996564143744 5816446370134059962 n

    प्रालीका कानुनी सल्लाहकार एवं वरीष्ठ अधिवक्ता घनश्याम थापाले आज भयको साधारणसभा तथा अधिवेशनको सफलताको कामना गर्दै सर्वसम्मत कार्यसमिति चयन गर्न सल्लाह दिदै प्राली फस्टाउनको लागि कोष संकलन जरुरी भएको वताए ।प्रालिमा कोष संकलन दरीलो भए प्रालीको दैनिक कार्य संन्चालनमा सहजता हुने थापाको भनाई थियो। कार्यक्रमका प्रमुख अतिथी एवं जेष्ठ सदस्य रोमप्रसाद रेग्मीले अधिवेशन सफलताको कामना गर्दै सक्षम एवं सवैलाई समेटेर लानसक्ने नेतृत्व चयन गर्न सल्लाह दिए । रेग्मीले विगतलाई सम्झदै तिनसयको हाराहारीमा रहेका टेक्टर अहिले घटेर सयमा झर्नु दुखद भएको वताउदै व्यवसायीहरु पूर्ण रुपमा घाटामा रहेको वताए।

    अधिवेशनवाट रविन्द्र वहादुर शाही अध्यक्ष पदमा, मदनकुमार आचार्य प्रवन्ध संचालक पदमा र गोविन्द गिरी, नारायण प्रसाद केसी,हरीवंस दाहाल, कमलप्रसाद अधिकारी,मेघवहादुर केसी,दोर्ण वहादुर केसी, कृष्ण वहादुर घर्ती,वोधिलाल पाण्डे,निलराज डिसी संन्चालक सदस्य पदमा सर्वसम्मत चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरीएको थियो भने पत्रकार अनिल अधिकारी र गोविन्द खड्का लाई मायाको चिनो र नगदले सम्मान गरीएको थियो। रविन्द्र वहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रोमप्रसाद रेग्मी रहेका थिए । गोविन्द गिरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन मदनकुमार आचार्यले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images