बैतडीमा आज साँझ परेको चट्याङले बैतडीको दोगडाकेदार गाउँपालिकामा एक भैंसी मरेको छ भने ३ पशुचौपाया घाइते भएका छन्।
दोगडाकेदार–३ श्रीकोट जडेखालीका राजेन्द्र जोशीले पालेको एक भैंसी मरेको, एक गाई, एक बाच्छो, एक बाख्रो घाइते भएको स्थानीय हरीश जोशीले जानकारी दिए।
साँझ पौने ७ बजेतिर गोठमा बाँधेका चौपायामा चट्याङ परेको हो।
चट्याङले राजेन्द्रले घरमा रहेको विद्युत्को वायरिङ र सोही ठाउँका नवराज भुल र बलराम जोशीको घरमा रहेको विद्युत्को मिटरमा पनि क्षति पुगेको छ।
यस्तै चट्याङले जिल्लाका अन्य भागमा पनि सामान्य क्षति भइको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















