दाङमा खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लमही नगरपालिका ८ निवासी रीना रावतकी ४ वर्षीया छोरी रेश्मा रावतको आज खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गढवा गाउँपालिका १ रङसिङ खोलास्थित पुल निर्माण हुँदै गरेको स्थानमा पानी जमाउनका लागि निर्माण गरिएको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















