images
images
  • १९ वर्षपछि इराकसँग नेपालको पहिलो भेट, के फाइदा उठाउला ?

    काठमाडौं । नेपालले इराकसँग १९ वर्षपछि पहिलो पटक मैत्रिपूर्ण फुटबल खेल्न लागेको छ । फिफा वरियताको माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले लामो समयपछि मैत्रिपूर्ण फुटबल खेल्न लागेको हो । नेपाल र इराकबीच यो चौथो भेट हो ।

    इराक नेपाल भन्दा १ सय ३औं स्थान माथि छ । फिफाको विश्व वरियतामा इराक ६८औं स्थानमा छ । नेपाल १ सय ७१औं स्थानमा छ । इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा खेल हुन लागेको छ ।

    खेल नेपाली समय अनुसार राति १०ः१५ बजे हुँदैछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली गएको बुधबारै बसरा पुगेको थियो ।

    नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ तारिखमा भएको थियो । एसियाली खेलकुदमा भएको भेटमा नेपाल इराकसँग ३–० गोल अन्तरले हारेको थियो । सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९–१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए ।

    सन् २००२ को विश्वकप छनोटमा नेपाल इराकसँग ४–२ गोल अन्तरले हार्न पुगेको थियो । हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए । १९ वर्षपछि आमुन्ने सामुन्ने हुन लागेको नेपालले यो पल्ट फाइदा लिन सक्नेछ ।

    नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो पटक नेपाली टोलीमा ठूलो परिवर्तन गरेका छन् । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उनले १० खेलाडी मात्रै टोलीमा लिएका छन् । उनले ६ नयाँ खेलाडीलाई अवसर दिएका छन् ।

    विश्वकप छनोटको समूह ‘बी’ मा रहेको नेपालको विश्वकप छनोटको अघिल्लो चरण सकिएको भए पनि एसिया कपमा छनोट हुने सम्भावना अझै जिवित छ ।

    नेपालले अब जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जाने तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images