images
images
  • राष्ट्रिय धान दिवस: मन्त्री यादवले मेसिनबाट धान रोपे (फोटोफिचर)

    काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।

    राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।

    सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए ।

    १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् ।

    290143198 1133998600534987 3443550165880164888 n.jpg

    290094190 990683491606409 1633278431938583293 n.jpg

    Untitled 49

    बेँसीसहरमा सामूहिक धान रोप्दै
    कृषि ज्ञान केन्द्र लमजुङ र बेँसीसहर नगरपालिकाको कृषि शाखालगायतको संयुक्त आयोजनामा बुधबार बिहान बेँसीसहरमा १९औँ धान दिवसको अवसरमा आयोजित धान दिवस कार्यक्रममा बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, यस नगरका नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडा।

    Janak Shrestha Lamjung RSS 15 1

    290094190 990683491606409 1633278431938583293 n 1.jpg 1

    Janak Shrestha Lamjung RSS 15 2

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images