images
images
  • रोकिएन शेयर बजारमा गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकले घटेको छ । आज नेप्से ११.८२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ३१ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबार भएका ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१.७० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ७ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images