images
images
  • कुमारी बन्दीले तुलसीपुर कारागारमा जन्माइन् बच्चा, बाबु कांग्रेस डडेलधुराका पूर्वसभापति रघुविर भट्ट रहेको दाबी

    तुलसीपुर-दाङको तुलसीपुर कारागारमा रहेकी विहे नभएकी एक बन्दीले बच्चा जन्माएकी  छिन् ।

    कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक अस्पतालमा उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ । दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अबस्थामा रकम हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो । ३० लाख तिर्न नसक्ने भएपछि उनी तुलसीपुर कारागारमा छिन् ।

    रघुवरसँग यस विषयमा बुझ्न खोज्दा उनले ती महिलालाई आफूले नचिन्ने बताए । ‘म उसलाई चिन्दिनँ, अहिले कार्यक्रममा छु,’ भनेर उनले फोन राखे ।रघुवर विरुद्ध मोनिकाकी आमाले इप्रका तुलसीपुरमा ठाडो उजुरी दिएकी छन् । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीले रघुविर विरुद्ध ठाडो उजुरी परेको र उनलाई झिकाएर दुई पक्षबीच छलफल गराइने बताए ।

    को हो बच्चाको बाबु ?
    लालमटिया स्थित बैंकमा काम गर्दा उनको फेसबुकमा एक व्यक्तीसँग चिनजान भयो । उनका अनुसार ति व्यक्ती कांग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसँग कुराकानी नियमित भइरहयो । त्यसपछि भट्टले बिहेको प्रस्ताब गरे। उनी प्रभावित भइन । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दी बताउछिन् ।‘हाम्रो फेसबुकमा नियमित फोन भइरहन्थ्यो’,उनले भनिन्‘त्यसपछि गएको भदौतिर काठमाडौंमा भेट भयो र त्यहाँ सम्पर्क भएको थियो ।’ त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । बिहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताइन् । कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउँछिन् । तर, भट्टले सधै बच्चा फाल्न भनिरहेको उनी बताउँछिन् । पछिल्लो समय उनी सम्पर्कमा नआएको समेत ति बन्दीको भनाई छ । यस विषयमा बुझन् खोज्दा भट्टको फोन उठेन । भट्ट करिब ५० वर्ष जतिको रहेको समेत ति बन्दीले बताइन् ।

    Karagar

    आफूहरूको सम्बन्धबारे उनले यसरी सुनाइन् :

    ‘च्याटमा हाम्रो कुराकानी हुन्थ्यो । उसले मलाई ‘बुढी’ भन्न थाल्यो । मैले सानैबाट तिमीलाई चाहेको हो, तिम्रो घरमा मम्मी–ड्याडीसँग कुरा गर्छु पनि भन्थ्यो । तर मैले घरमा एकदम टेन्सन छ, तपाईँसँग बिहे गर्न सक्दिनँ भनेको थिएँ । ड्याडीको उमेरको मान्छे तपाईँलाई ड्याडीले कसरी ज्वाइँ भन्नुहुन्छ भनेर आलटाल गरेँ ।

    पछि असोजको महिना काठमाडौंमा फिजिकल रूपमा भइसकेपछि टाइम टाइममा सेक्सुअल रिलेसन भयो । म प्रेग्नेन्ट छु भन्ने उसले नै भिडिओ कलमा मलाई जानकारी गराएको हो । टाइम–टाइममा एबोर्सन गर्नु भन्थ्यो । मैले तपाईँ आउनुहुन्छ भने गर्छु, एक्लै गर्दिनँ भनेँ ।फिजिकल रिलेसनपछि पनि सेफ्टी पिल्स खाऊ भन्नुहुन्थ्यो । तपाईँले किनेर दिनुहुन्छ भने खान्छु, आफैँले चाहिँ मेडिकलमा यस्तो सामान किन्दिनँ भनेर आफैँले किनेर नखाएको हो ।

    मोनिकाका अनुसार उनीहरूले दिनहुँजसो सहमतिमै काठमाडौंका विभिन्न होटलमा शारीरिक सम्बन्ध राखेका थिए । बाबु उमेरका रघुवरसँग प्रेममा पर्दा मोनिकालाई उनी विवाहित र सन्तानका बाबु हुन् भन्ने थाहा नभएको होइन । त्यसका बाबजुद पनि उनले कुनै सचेतता अपनाइनन् ।

    गत असोजमा मोनिकाले आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि रघुवरले आफूसँग भेटघाट बन्द गरेको उनको भनाइ छ । रघुवरले एबोर्सन गर्न दिएको दबाबपनि पन्छाउँदै मोनिकाले पेटमा गर्भ हुर्काइरहिन् ।मोनिका गर्भवती भएको ९ महिना पुग्नै लाग्दा जेठ १९ गते उच्च अदालत तुलसीपुरले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश गर्‍यो । धरौटी बुझाउन नसकेपछि उनी पूर्पपक्षका लागि तुलसीपुर कारागार चलान भइन् ।

    मोनिकाका अनुसार कारागार बसाइँका क्रममापनि उनी रघुवरलाई फोन गरिरहन्थिन् । त्यस बेला रघुवरले आफूलाई सहयोग गर्ने बचन दिएको उनले बताइन् । जेल बसाइकै क्रममा मोनिकालाई बेथा लागेपछि कारागार प्रशासनले असार ६ गते बेलुकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेर भर्ना गर्‍यो । उनले सोही राती ९ः०४ बजे छोरा जन्माइन् । शल्यक्रिया गरेर उनको बच्चा निकालिएको थियो । छोरा जन्मेपछि अस्पतालको शैयाबाट रघुवरलाई ‘तपाईँको छोरा जन्माएँ’ भनेर खबर सुनाइन् । तर, रघुवरले ‘तँ को हो ? म चिन्दैन’ भनेर जवाफ फर्काएको उनको भनाइ छ । रघुवरले आफ्नो नाता प्रमाणित र छोराको जन्म दर्ता गराइदिनुपर्ने मोनिकाको माग छ ।

    को हुन् रघुवर भट्ट ?

    288792879 1174059316546887 2494275788203136813 n e1655905849659

    डडेल्धुराको अमरगढी नगरपालिका खलंगाका स्थायी बासिन्दा रघुवर भट्ट डडेल्धुरा कांग्रेसका प्रभावशाली नेता हुन् । उनी काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।भट्ट २०५६ देखी ०५९ सम्म डडेल्धुरा कांग्रेसको कार्यवाहक सभापति थिए भने २०५९ देखी लगातार ०६६ सम्म सभापति बनेर डडेल्धुरा कांग्रेसको नेतृत्व गरेका थिए । उनको घरमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको एउटा छोरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।रघुवर भने क्षेत्र नम्बर १ ‘क’मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनी अहिले कांग्रेसको सुदूरपश्चिम प्रदेश समिति सदस्य छन् ।

    तुलसीपुर कारागारमा तीन जना बच्चा
    यसअघि तुलसीपुर कारागारमा दुई जना बच्चासहितका कैदी थिए । आमा कैदी बन्दी रहेको र बच्चा साथमै रहेको अबस्थामा थिए । अब थप एक जना भएसँगै कारागारमा ३ जना बच्चा रहेको कारागारका जेलर वलीले बताए । अहिले ति बन्दीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ। बच्चाको अवस्था सामान्य छ । केही दिनपछि डिस्चार्ज गर्ने र डिस्चार्ज पछि ति बन्दीलाई पुनः कारागारमा ल्याइने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्