images
images
  • रित्तो गाग्री बोकेर गाउँपालिका पुगे नागरिक

    दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।

    वडा नम्बर ४को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् ।

    उनीहरूले गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहादुर ओलीसँग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् ।

    शान्तिनगर–३ स्थित माइलिपानी खानेपानी संस्थाले शान्तिनगरको साबिक १ देखि ४ नम्बर वडाका उपभोक्ताहरूलाई निजी धारामार्फत पानी उपलब्ध गराउँदै आएता पनि पानीको स्रोत र जनसंख्या बढी भएको हुनाले यश भेगका उपभोक्ताहरू निकै मर्कामा परेका छन् ।

    टिमको नेतृत्व गरेका रेसम राज कँडेलले बाटो भन्दा पहिले खानेपानीको समस्या समाधान गर्न जरुरी रहेको बताए । बाटो बिना बाँच्न सकिने तर खानेपानी विना बाच्न नसकिने भन्दै उनले भने, ‘सबैभन्दा पहिले हामीलाई पानी चाहियो ,कसरी बाच्ने रु धारामा पानी आउँदैन तर महिनामा पानी नखाए पनि बिल तिर्नु पर्छ ।’

    गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले छिटोभन्दा छिटो खानेपानी समिति र अन्य निकायसँग समन्वय गरेर उपभोक्तालाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि आफू लागि पर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images