images
images
  • सेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब १८ करोडको कारोबार

    काठमाडौँ- आज (बिहीबार) सेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।

    पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज भने १२.५७ अङ्कले बढेको हो ।

    ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७८.९४ अङ्कमा पुगेको छ ।

    १ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सयको सेयर खरिद बिक्री भएको छ । २ सय २१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको हो ।

    आज आँधिखोला लघुवित्तको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो ।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज १३ करोड ८८ लाख ९७ हजारको सेयर कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images