काठमाडौ- नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला एक सातायता विराटनगरमा छन्।
उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने, कार्यकर्ताहरूसँग भेटघाट गर्ने गरिरहेका छन्।
यसक्रममा कोइराला बुधबार आफ्नो चुनाव क्षेत्र मोरङ क्षेत्र नम्बर ६ मा पुगेका थिए। यो उनी उठ्ने गरेको निर्वाचन क्षेत्र पनि हो।
मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको विराटचोकमा कोइरालाले मतदाता, कार्यकर्ता मात्रै भेटेनन्, बृद्धबृद्धाहरूको स्वास्थ्य परीक्षण पनि गरे।

फिजिसियन डाक्टरसमेत रहेका कोइराला आला र ब्लड प्रेसर मनिटर बोकेर आफैं स्वास्थ्य परीक्षणमा सक्रिय भएका थिए।
नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंका अनुसार कोइरालाले दुई सय जनाको स्वास्थ्य परीक्षण गरेका थिए।
कोइराला बुधबार काठमाडौं फर्किएका छन् । कोइराला यसअघि विराटनगरमा बाढी पस्दा यसैगरी आला बोकेर स्वास्थ्य परीक्षणमा गएका थिए।


विश्व खबर 




















