images
images
  • दोलखा जिसस प्रमुखमा माओवादीका घतानी विजयी

    काठमाडौं- जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी विजयी भएका छन् ।

    बुधबार सम्पन्न जिससको निर्वाचनमा १८ मत रहेको दोलखामा घतानीले ११ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऋषीकेश उप्रेतीले ७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दार्जी शेर्पा विजयी भए । उनले ११ मत पाए भने निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७ मत पाइन् ।

    सदस्यहरूमा नेपाली कांग्रेसका निलम ठकुरी, अनील तामाङ, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा, टसी शेर्पा, कल्पना थामी र कृष्ण श्रेष्ठ विजयी भए । जिसस दोलखामा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images