images
images
  • २ खर्ब ७५ अर्बको बजेट आउदै, सबैभन्दा बढी बागमति र सबैभन्दा कम लुम्बिनीमा

    काठमाडौं- देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो ।

    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन् ।

    आगामी आर्थिक वर्षका लागि कुन प्रदेशमा कति बजेट ल्याउने 
    प्रदेश १- ३८ अर्ब
    मधेस प्रदेश- ३४ अर्ब,
    बागमती प्रदेश- ६० अर्ब
    गण्डकी प्रदेश- ३० अर्ब ९६ करोड
    लुम्बिनी प्रदेश- ४१ अर्ब
    कर्णाली प्रदेश- ३६ अर्ब ५४ करोड र
    सुदूरपश्‍चिम प्रदेश- ३४ अर्ब

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images