तुलसीपुर-लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले एक महिला र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । तलुसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मिना र उनकी छोरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
राज्यमन्त्री वलीले हातपात गरेको खबरपछि स्थानीयले बस्नेतको घरमा नै उनलाई थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए ।उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घरमा पुग्दा भने एकराज त्यहाँ थिएनन् ।मन्त्री वली एकराजको घरमा पुगेर बाहिरबाटै ‘गेट खोल्’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन् । उनका अनुसार चिच्याएपछि गेट खोलिएको थियो ।

“बिहानै गेटमा आएर हल्लाउँदै गेट खोल् भन्दै चिच्याइन्,” मीनाले भनिन्, “बाहिरबाट ढोका खोल भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ मेरो एकराज खोई भन्दै कोठाको पर्दाहरु तानेर फालिदिइ । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिइ । मेरो लुगा पनि च्यातिदिइ । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे । एकराज मेरो पोइ हो भन्दै चिच्याएकी थिइ ।”

यस्ता छन् बिवादका श्रृङ्खला
लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वली लुम्बिनी प्रदेशमा सबैभन्दा विवादित र चर्चित नाम बनेको छ।
प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा थिइन् ।
उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो । उनका प्रेमी भनिएका वाईसीएल कार्यकर्ता एकराज बस्नेतले उनै विमला वलीले गालामा चुम्बन गरेको तस्विर फेसबुकमा सार्वजनिक गरे। बस्नेतको फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।
तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी थिइन् । विमलाको सिउँदोमा सिन्दूरसमेत देख्न सकिन्थ्यो । यसअघि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो । आजमात्रै राज्यमन्त्री विमला वलीले महिलामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन्।
मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । अहिले मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए। उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् ।
घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ रु’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेको बताइएको छ । घटना हुँदा एकराज घरमा थिएनन् । यो विषयमा प्रहरी भने मौन छ।


विश्व खबर 



















