images
images
  • आँबुखैरेनी सडक पहिरो : दुवै मृतकको पहिचान

    काठमाडौं- पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका दुवै मृतकको पहिचान भएको छ ।

    शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसँगै बा १० च ४६७९ नम्बरको कार, ग ३३ प १०८१ नम्बरको मोटरसाइकल र बा १५ प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खस्दा दुई पुरुषको शव भेटिएको थियो ।

    प्रहरी नायव उपरीक्षक युवराज खड्का अनुसार भेटिएको शवमध्ये स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images