काठमाडौं- युवा उद्यमी स्वतन्त्र प्रताप शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार उनलाई पर्यटन दूतमा नियुक्त भएको नियुक्तीपत्र प्रदान गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले उनलाई नियुक्तपत्र हस्तान्तरण गरे । शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसंगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नु पर्नेछ ।
शिक्षण र होटल व्यवसायमा आवद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष हुन । यसैगरी, उनी गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसकेका छन् । कला क्षेत्रमासमेत रुचि राख्ने शाहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।


विश्व खबर 



















