images
images
  • सिनामंगलमा एक जनाको शव भेटियो

    काठमाडौं- काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ ।

    ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

    विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images