images
images
  • बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन

    काठमाडौं- बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि अन्तिम दिन जेठ २५ गतेसम्म मागभन्दा १६ गुणा बढी आवेदन परेको छ ।

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ साढे ५ बजेसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।

    कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images