images
images
  • इच्छुक र शक्ति तारा स्मृति पुरस्कारबाट ४ जना पुरस्कृत

    काठमाडौं । कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार (२०७९) र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार (२०७८) बाट चार जना पत्रकार पुरस्कृत भएका छन्। इच्छुक स्मृतिको २१ औं दिवसको उपलक्ष्यमा पत्रकारहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गर्नुभएको हो ।

    कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेमा पत्रकार गोविन्द आचार्य र महेश्वर दाहाल छन्। त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु बलराम थापा र लक्ष्मी पुन पुरस्कृत भएका छन्।

    इच्छुक स्मृतिको २१ औं दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहालले इच्छुक जस्तै त्याग र समर्पणको भाव सबै पत्रकार र साहित्यकारमा हुनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images