काठमाडौं- राहदानी विभागले सरकारको दुई दिन बिदा दिने निर्णय अस्वीकार गरेको छ । सेवाग्राहीको चाप बढेकाले आइतबार पनि नियमति सेवा दिने विभागले जनाएको छ ।
विभागले आगामी १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय खुल्ला रहने जानकारी दिएको हो ।
विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने सरकारको नीति रहेकाले सार्वजनिक बिदाको दिनमा पनि राहदानी सेवा दिनुपर्ने आवश्यकता रहेको विभागको ठहर छ ।
‘राहदानीको लागि आवेदन दिएर सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ,’ सूचनामा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्























