images
images
  • शिक्षकलाई कडा कारबाहीको माग गर्दै विद्यार्थी प्रदर्शनमा

    काठमाडौं- चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् ।

    बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागी विद्यार्थीहरुका अनुसार दुई शिक्षकविरुद्ध कारबाहीको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहन्छ । यसैबीच, विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी हुनेबित्तिकै शिक्षकलाई बर्खास्त गरिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images