काठमाण्डौँ, जेठ ८
नुवाकोटको ८८ वडामध्ये दुई वडामा महिला उम्मेदवार निर्वाचित भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी कौशिला पुडासैनी निर्वाचित हुनुभएको हो । यसअघि सोही वडाको वडासदस्यमा निर्वाचत उहाँले यस पटकको निर्वाचनमा वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा (एमाले)का पुरुष उम्मेदवारलाई पारजित गर्नुभएको हो।
बेलकोटगढीकै वडा नं ६ मा पुनःदोस्रो कार्यकालका लागि नेकपा (एमाले) का उम्मेदवार अम्बिका तामाङ निर्वाचित हुनुभयो । यसअघिको चुनावमा पनि वडाध्यक्षमा निर्वाचित तामाङले यसपटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र नेपाली कांग्रेसका पुरुष उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















