images
images
  • काठमाडौं महानगर उपप्रमुख उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले) बाट उम्मदेवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

    समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ ।

    डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजाय गराइ उनले प्राप्त गरेको रकम तथा जरीबानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ ।

    Sunita Dangol 2

    Sunita Dangol 4

    प्रतिक्रिया दिनुहोस्
    images
    images