images
images
  • एक स्मरण: ‘पशुपति चौलागाईं’ राजनीतिक र सामाजिक क्षेत्रका सहयोद्धा

    अत्यन्त प्रिय, मेरो अन्तर हृदय भित्र स्थान लिनसकेका इमान्दार, सालिन र भद्र व्यक्तित्व स्वर्गीय पशुपति चौँलागाँईको निधनको चन्द्रमासको हिसावमा आज एकवर्ष भयो तर सूर्यमासको हिसावमा आगामी २०७९ साल बैशाख २८ गते बर्ष दिन हुँदैछ । पहिलो वार्षिकिको अवसरमा उनको सम्झनामा दुई चार शब्दहरुको माध्यमबाट उनलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने जमर्को गरेको छु ।हाम्रो रीतिरिवाज र परम्परा अनुसार उनको बैकुण्ठमा बास होस् भनेर कामना गर्न चाहन्छु ।

    त्यो भन्दापनि बढी उनी दोलखाली नागरिकहरुमा मात्र नभई देशभरका मानिसहरको मन मस्तिस्कमा बसिरहन सकुन्, निजी स्वार्थ र व्यक्तिगत तकरावको कारण इमान्दारीताको खडेरी परेको राजनीति भित्र उनको दर्शन निःस्वार्थ भावना, निष्ठा र इमान्दारिताको दियोको उज्यालोले अरुको बिकृत मन मस्तिस्कलाई सहि बाटो तिर डो¥याइरहोस् भन्ने कामनासमेत गर्न चाहन्छु । भविष्यमा प्रेरणको श्रोत बनिरहोस् र हामी सबैलाई सहि मार्ग देखाउन सकोस् र बाटो बिराउनेहरुलाई ठिक दिशातिर मेड्न सकोस यहि हामी कामना गरौँ । यसो भएमा मात्र उनको दिवाङ्गत आत्माले शान्ति पाउनेछ, आनन्द पाउँनेछ ।

    पशुपति चौलागाईं मेरा अत्यन्तै प्रिय छिमेकी, असल विद्यार्थी, मिलनसार र सक्रिय शिक्षा क्षेत्रका सहकर्मी, राजनीतिक सहकर्मी र सामाजिक क्षेत्रका सहयोद्धापनि हुन् । बाल्यकाल देखिनै उनी र मेरो विभिन्न क्षेत्रमा संलग्नता रहिरहेको थियो तापनि मैले पढाउने स्कूल बैत्येश्वर माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भएदेखि उनी र मेरो सामिप्यता अझैं प्रगाढ हुनथाल्यो । त्योसंगै धेरै ठाउँमा सहकार्यको थालनीको समेत भयो । उनमा पढाइमा अति तेज, कुशल वक्ता, आज्ञाकारी छात्र र विद्यालयको हरेक क्रियाकलापमा इमान्दारपुर्वक निर्वाह गर्ने र त्यसको सक्रियता रहेबापत शिक्षक र विद्यार्थीहरुको विचमा अत्यन्त प्रिय पात्र बन्न पुगे ।

    २०३६ सालको जनमत संग्रहको समयसम्म उनमा राजनीतिक सिद्धान्तबारे थाहासमेत थिएन । अन्याय र अत्याचार बिरुद्ध भने उनले डटेर सामाना गर्थें । विद्यालयमा भर्ना भएको केहि समयपछि १० महिने बि.एड. तालिमको लागि म काठमाडांै जानुप¥यो । त्यसै बेला त्यहाँका पंचायतहरुको अन्यायका बिरुद्धमा विद्यार्थीहरुले यिनैको नेतृत्वमा बिद्रोह गरेछन् र स्कुलबाट भिम प्रसाद दहाल र यिनलाई निष्काशन समेत गरिएछ । मैले यो कुरा थाहा पाएपछि काठमाडौंबाट दौडेर स्कूलमा गएर यिनीहरुको पुनःस्थापन गराएँ र फर्केँ । २०३६ सालमा जमतको घोषण हुँदा म काठमाडांंैमा नै थिएँ । यिनीहरु बहुदलको पक्षमा लाग्ने नेताको खोजीमा नेपाली कांग्रेसका नेता भिम बहादुर तामाङसंग सम्पर्क राख्न प्रयास गरेछन् । ठीक त्यसैबेला मेरो तालमि सकेर नफर्केको भए सायद नेपाली कांग्रेस पार्टीमा लाग्ने सम्भावना रहेको कुरा उनैले मलाई बताउँथे । मेरो तालीम सकियो र विद्यालयमा फर्केँ र यो कुरा थाहा पाएपछि म आफैँले अनेरास्ववियु पाँचौमा लाग्न प्रेरित गरेँ र दस्ताबेजहरु उपलव्ध गराएँ । त्यसबेला देखि यिनले यो बाटो समातेका हुन् । पशुपतिले विद्यालयमा स्ववियुको स्थापना गरेर आफै सभापति बनेर आफ्नो राजनीतिक बाटो स्पष्ट पारे र तुरुन्तै यिनी नेकपा मालेको सम्पर्कमा रहेर काम गर्न सुरु गरे ।

    पढाईमा अत्यन्त राम्रो दखल भएको हुनाले यिनी जहिले पनि प्रथम हुन्थे । २०३८ सालमा एसएलसी पास गरेपछि उच्च अध्ययनको लागि यिनी आर्थिकरुपमा कमजोर भएको कारण पढ्न जान सकेकन् । तत्कालको लाागि आफैँले पढेको विद्यालयमा प्रावि स्तरको शिक्षकमा नियुक्त भए । सायद २०४१ सालतिर हुनपर्छ विज्ञान शिक्षा परियोजनाबाट स्कूलको प्रधानाध्यापकको नाममा एउटा गोप्य पत्र आयो । यो पत्रमा विज्ञान पढ्न सक्ने र भविष्यमा सोही विद्यालयमा विज्ञान शिक्षक बनेर पढाउन मन्जुर हुने एकजनालाई दुई बर्षे आइ.एड पढ्नकोलागि छात्रबृत्ति प्रदान गर्ने आसय रहेछ । मैले तत्काल उनलाई सो छात्रबृत्ती कोटामा पढ्न सिफारिस गरेर पठाएँ । यो कुरा पंचकरु कसैलाई थाहा थिएन ।

    उनी सानोठिमी क्याम्पसमा गएर अध्ययन गर्नलागे र क्याम्पस स्व.वि.यु.को सभापति समेत बने । यहि समयमा अनेरास्ववियु पाँचौको केन्द्रीय सदस्य समेत भएछन् । यो कुरा थाहा पाएपछि मलाई पन्चहरुले कम्युनिष्टलाई किन छात्रबृत्ति दिइस् भनेर आक्रमण गर्न खोजे तर मैले मेरो अधिकार भएको पत्र देखाएपछि केहि बोल्न सकेनन् । पढाइ सकेर पशुपति स्कूलमा हाजिर हुन जाँदा उनीहरुले हाजिर गर्न दिएनन् । यस विषयमा उनहिरु र मेरो ठूलो टकराव भयो तर उनलाई हाजिर गराउनेकुरामा म सफल हुन सकिन । त्यस पछि हाम्रो आफ्नै गाउँ काब्रेमा रहेको हनुमन्तेश्वर मा.वि.मा गएर पढाउने सुझाव दिएँ र सोह सल्लाह अनुसार उनी त्यहाँ गएर पढाउन थाले । यो २०४४ साल श्रावण महिनाको कुरा हो ।यिनीलाई हाजिर गराउन नसकेपछि मलाई पनि त्यस विद्यालयमा रहेर पढाउन उचित ठानिन र त्यहाँ राजिनामा दिएर २०४४ माघमा म पनि सोही स्कूलमा गएर प्रधानाध्यापकको रुपमा काम गर्न सुरु गरेँ ।

    फेरी हामी उउटै विद्यालयमा शिक्षण गर्न थाल्यौँ । स्कूलको अवस्था अत्यनत कमजोर थियो त्यसको सुधारमा हामी दुवैजना आग्यौँ । यसको अतिरिक्त समाजमा चलेका बिकृति र बिसंगतीहरुको विरुद्ध काम गर्नथाल्योँ, राजनीतिक चतेतना फैलाउने कार्यमा लाग्यौं र राजनीति गरेको अभियोगमा जेल पनि सँगै प¥यौँ । यिनै संघर्षहरु चलिरहदा २०४६ सालको जनआन्दोलन भयो र देशमा प्रजातन्त्र आयो । यस पछि उनी विद्यालयबाट बिदा भएर पूर्णकालिन राजनीतिमा लागे, फलस्वरुप नेकपा मालेको दोलखा जिल्ला कमिटीको सचिबको जिम्मेवारी पाए । यस पछि उनको राजनीतिक यात्रा झन झन माथि चुलिदै गयो र वैकल्पिक केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य सम्म भए ।

    २०५६ सालमा दोलखा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भए भने पछि सम्बिधान सभाको दोश्रो निर्बाचनमा समानुपातिक तर्फको सम्बिधान सभा सदस्य समेत भए । २०७४ सालको निर्बाचनमा यिनी दोलखा क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा निर्बाचित भए । गत वर्ष यिनी हिउँद महिनाभरि नै निमोनियाको रोगले ग्रसित भएको हुनाले नेकपामा भएको बिद्रोहमा सकृय भूमिका निर्वाह गर्न भने सकेनन् । यस बखत नेकपामा एक किसिमको चरम झगडा थियो । यस झगडामा पनि उनी माधवकुमार नेपालको पक्षमा उभिएका थिए किन कि सुरुदेखि नै यिनको राजनीतिक सहयात्रा माधव कुमार नेपाल संगै थियो । बिमार परेको कारण बिद्रोहका सबै कार्यक्रममा सहभागी हुननसके पनि दोलखामा समानान्तर कमिटि बनाउन भने यिनी कामयाद भए ।

    यसरी उनको राजनिितक जीवन चलि रहेकै बेला २०७८ साल बैशाख २८ गते केभिडको कारण यिनको असामयिक निधन भयो जसले यिनको राजनिितक यात्रा एमालेमा नै रहन्यो वा बिद्रह गरेर माधव नेपाल संगै सति जान्थे यो गर्भको कुरा भयो । उनको राजनीतिक संलग्नतालाई निहाल्दा उनी माधव नेपालका मानिस हुन् उनकै पक्षमा काम गर्थे र पार्टी फेरेर जान्थे भनेर ठोकुवा गर्न पनि सकिएला । आज एक पक्षले यो दावी समेत गरेकोछ र उनलाई बिद्रोहको पक्षधर मानेर आफ्नो नेता भएको दावी गर्दछ ।
    अर्को पक्ष पशुपति चौँलागाँई बाँचिरहेका भए यसरी पार्टीलाई बिखण्डनको बाटोमा लगेर दलुर्घटना निम्त्याउदैनथे बरु पाटी एकतामा जाोड दिएर बिखण्डनबाट जोगाउन कोसिस गर्थे त्यसो गर्न नसके भिमारावलहरुसंगै पार्टीमा रहेर आफ्नो भूमिका निर्वाह गर्दथे भन्ने तर्क गर्दछ । उनको बारेमा यी दुवै तर्कहरु उत्तिकै तुकवाला छन् ।

    उनको व्यवहार र रानीतिक शैलीको बारेमा चर्चा गर्दा उनी बिद्रोहको बाटोमा कहिल्यै हिडेनन्, ब्यक्तिगत स्वार्थका कुरा कहिल्यै गरेनन्, आफ्नो पार्टी भित्र मात्र होइन बिपक्षहरुसंग समेत मेल मिलाप र एकताकोलागि पनि सधैँ कृयाशील रहिरहे र मध्यस्तकर्ताको भूमिकामा रहिरहन्थे । बिपक्षीहरु पनि उनको सालिन व्यक्तित्वबाट नतमस्तक हुन्थे । आफ्ना कुरा लागु नहुँदा पार्टीसंग कहिल्यै बिमति राखेनन् र कहिल्यै गुनासोसम्म पनि गरेनन् । भ्रष्टाचार र अनियमितताको बिरुद्ध लागि रहे । के यस्ता मानिसले आफूले निर्माण गरेको यत्रो ठूलो पार्टी बिखण्डन गरेर नेपाली कांग्रगेसको हातमा सत्ता बुझाउन सहमत हुन्थे होलान् त ? जव उनीसंगै काम गर्ने गोकर्ण बिष्ट, योगेश भट्टराई, शुरेन्द्र पाण्डे, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य र भिम रावल समेतले आंट कस्न सकेनन् । के पशुपति चौलागाईंको स्वभावले यस्तो बाटो रोज्न सक्थ्योहाला ? एउटा सच्चरित्रवान र स्वार्थहिन मानिस जहिले पनि एकता र मेल लिापको पक्षमा हुन्छ बिद्रोह र बिखण्डनको पक्षमा कहिल्यै हुँदैन । सायद पशुपति चौलागाँईको बाटोपनि यहि नै थियो । बाल्यकाल देखिको मेरो उनीसंगको उठबसले जीवनभर उनीसँग गरेका सहकार्यले मलाइपनि यहि कुरामा विश्वास लाग्छ र उनी बाँचेकेभए यहि गर्दथेहोलान् ।

    पशुपति चौलागाईंको र मेरो पेशा अलग भएपनि हाम्रो सहकार्य जीवनभर नै चलिरह्यो । चाहे स्कूलको बिकासमा होस् चाहे क्याम्पस स्थाना र संचालनमा होस्, चाहे सहकारी संस्था स्थापना र संचालनमा होस हामी दुवै सँगसँगै रह्यौ । हामी सबैको प्रयत्नबाट नै काब्रे गाँउ राजनीतिको, शिक्षाको क्षेत्रमा र सहकारीको क्षेत्रमा सबैभन्दा अगाडी रह्यो । जिल्लाकै नमुना बन्यो । यो उनैको सबल र सक्षम नेतृत्वको द्योतक हो यसको श्रेय उनैलाई जानु पर्दछ ।

    स्वार्थहिन मानिस सधै एकताको पक्षमा हुन्छ, सबैको भलो चाहन्छ, सबैको सेवामा आफ्नो जविन अर्पण गर्दछ त्यसैले उ सवैको प्यारो हुन्छ सबैको अभिभावक हुन्छ र त्यसैलाई राजनेता भनिन्छ । एउटा राजनेता कसैको पेवा हुँदैन सबैको साझा हुन्छ । यस्तो ब्यक्तिलाई तेरो पक्ष र मोरो पक्ष भनेर तानातान गर्नु उसलाई अपमान गर्नु बाहेक केहि हुंदैन । यसैकारण पशुपति आज हामीसंग नभए पनि उनलाई हामी सबेको साझा ब्यक्तिको रुपमा स्विकारेर आफ्नो आत्मा भित्र राख्न सकौँ उनका असल स्वभावहरको अनुशरण गरेर समाजको हितमा लगाउन सकौँ यहि उनी प्रतिको सच्चा सम्मान हुनेछ । उनलाई पुनः हार्दिक श्रद्धान्जली ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images