images
images
  • सिमकोटमा म्यादी प्रहरीको मृत्यु

    सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

    सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

    मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

    साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images