images
images
  • हेलिकोप्टरद्धारा गर्भवती महिलाको उद्धार

    सिमकोट- हुम्लामा सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ ।

    दुई दिनदेखि सुत्केरी बेथा लागेकी गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

    चङ्खेली गाउँपालिका–२ की जुनकला कामीको हेलिकोप्टरबाट उद्धार गरेर प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

    बेथा लागे लगत्तै उनलाई पिप्लाङ स्वास्थ्य चौकीमा ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धार गरेर सुर्खेत पठाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images