images
images
  • हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

    हेटौंडा- मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।Rabindra Prasad Ghimire.jpeg

    Bishnu Gopal Maharjan.jpeg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images