काठमाडौं-विश्व खवरको ५ औं वार्षिकोत्सवको अवसरमा तीन पत्रकार सम्मानित भएका छन् । टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी, नेपाल टेलिभिजनका अनलाइन सम्पादक शेखर अधिकारी र सञ्चारकर्मी एवं समाजसेवी नीता राउत सम्मानित भएका छन् ।
शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष भरत दुलाल र कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीलाई सम्मान गरेको हो । विकास, समृद्धि र सुशासनका क्षेत्रमा चालेका कदम अन्य पालिकाहरुका लागि पनि अनुकरणीय रहेको भन्दै दुई जना पालिका प्रमुखलाई सम्मान गरिएको हो । शैलुङ गाउँपालिका र कालिका गाउँपालिकालाई बागमती प्रदेश सरकार र संघ सरकारबाट समेत सम्मानित भएका थिए ।
कार्यक्रममा विश्व खवरको पाँचौं वार्षिकोत्सवका अवसरमा विश्व खवरले प्रकाशित गरेको ‘समृद्धि सपना’ नाम विशेषाङ्क लोकार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















