काठमाडौँ– गजलकार शान्ति शर्माको शब्दमा गायक स्वरुप राज आचार्यले गाएको ‘विरानो शहर’ सार्वजनिक भएको छ। गजलमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको छ। यो गजलमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रकाश मिश्रले गजलको मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।
प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन् ।
गीतकार शान्ति शर्माको यस अघि नै ‘अम्लान फूलु गजल सङ्ग्रह, ‘बार्दलीमा जून’ मुक्तक सङ्ग्रह लगायतका कृतीहरू पाठकमाझ आइसकेको छ।
प्रतिक्रिया दिनुहोस्























