काठमाडौं- गायक प्रकाश सपुतले सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नभएको बताएका छन् । उनले आफूलाई कुनै कित्तामा नउभ्याइदिन आग्रह गरेका छन ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘पिर प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत पिरुका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छ।’
पछिल्ला केही दिनयता सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा समेत गायक प्रकाश सपूतको मात्रै चर्चा छ।
उनले पछिल्लो पटक निकालेको ‘पीर’ गीति भिडिओलाई लिएर चर्को बहस भइरहेको छ। माओवादी जनयुद्धमा प्रयोग गरिएका लडाकु र कार्यकर्ताहरूको पीडादायी वर्तमान अवस्था देखाइएको उक्त गीत युट्युबबाट हटाउन धम्की समेत आइरहेको छ।
माओवादीनिकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सार्वजनिक रुपमै गीत हटाएर माफी माग्न भन्दै सपूतप्रति धम्कीको भाषा नै प्रयोग गरिसकेका छन्।
गीतलाई लिएर विवाद सुरु भएदेखि नै फोन सम्पर्क बाहिर रहेका प्रकाशले सोमबार सामाजिक सञ्जालमा लामो विचार पोस्ट गरेका छन्। उनले सबैको अपेक्षा पूरा गर्न नसकेको पनि जनाएका छन्।
साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।
उनले गीतमा समावेश चरित्र आफैंले देखेका र संगत गरेका नै भएको पनि स्पष्ट पारेका छन् । ‘पीर’ गीतमार्फत ‘जनयुद्ध’कै जग र बलमा व्यवस्था परिवर्तन भएको, तर अवस्था परिवर्तन मात्रै भन्न खोजेको सपुतले उल्लेख गरेका छन् । समानताका लागि लडेका एकसाथ लडेकाहरुबीच बढ्दै गएको असमान दुरीलाई भिडियोमा देखाउन खोजेको उनको भनाइ छ ।
उनले अगाडि उल्लेख गरेका छन्, ‘एक आम नागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिश गरेका हौं । मलाई लागेको यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र रु पत्रपत्रिकाहरुमा त्यसबारे लेखिंदै र पढिंदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’
दुई दिनअघि युट्युबमा सार्वजनिक ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै केही विवाद सिर्जना भएको हो । खासगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु यो गीतविरुद्ध खनिएका छन् । खासगरी पूर्वमाओवादी छापामार देशव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।
उनी लेख्छन्:
नमस्कार !
पिरु प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत पिरुका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छ।
गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।
पिरुबाट मैले युद्धकै जगर बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हौं। समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं। एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौं ! मलाई लागेको – यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन ररु पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै र पढिँदै आएको होइन ररु छर्लङ्गै देखिएको विषय होइन ररु स्वीकारिएको विषय होइन र ?
जसरी यसअघिका गीतहरु बोल माया, दोहोरी ब्याटलु, गल्बन्दीु, बदला बरिलैु, फुटेका चुराु , मेरो पनि हैन र यो देशु , कुरा बुझ्न पर्छ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड र छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।
गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउनेरबजाउनेर पकाउनेर पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए। उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो पिरु। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।
एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना र मदन छन् कि छैनन्रु सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने रु सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे रु खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ ।
भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द र आन्दोलन र गणतन्त्र र स्वतन्त्रताको अपमान हुने हो किरु म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होईन ! मैले कसैसँग पनि यो विषयमा सहयोगर सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष रविपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु १ कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन १ गाउनुपर्ने कयौं, गित छन् १ तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।
प्रकाश सपुत, सर्जक
२०७८ फागुन ३०






















