नेपालगन्ज । कोरोना महामारी नियन्त्रण, निदान र उपचारमा अहोरात्र खटिएका बर्दिया जिल्लाका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठ कोभिड हिरो घोषणा हुनुभएको छ ।
सुशासनका क्षेत्रमा काम गर्दै आएको एकाउन्टबिलिटी ल्यावले यस बर्ष तीन जनालाई कोभिड हिरोज छान्नेक्रममा स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत समेत रहनुभएका फोकलपर्सन श्रेष्ठ पनि छानिएका हुन।
श्रेष्ठले यसअघि बाँके जिल्लामा हुँदा कोरोना भाइरस नियन्त्रण, निदान, उपचार र समग्र व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको थियो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको फोकलपर्सनका रुपमा काम गरेर उहाँले कोरोना महामारी विरुद्ध आफ्नो ज्यानको वाजी लगाएर निस्वार्थ भावले जिम्मेवारी निर्वाह गरेको थियो ।
सुशासनका क्षेत्रमा क्रियाशील एकाउन्टविलिटी ल्यावले सरकारी कर्मचारीमध्ये सुशासन, पारदर्शी र जवाफदेहितामा अव्वल सरकारी कर्मचारीलाई इन्ट्रग्रिटी आइडल घोषणा गर्दै आएको थियो । तर योपालिका भने कोभिड महामारीका कारण कोभिड हिरोज घोषणा गरिएको ल्यावले जनाएको छ ।
नेपालमा कोरोना महामारी फैलिएको समयमा स्वास्थ्य कार्यालय बाँकेका कार्यरत रहेका श्रेष्ठले कोरोना नियन्त्रणमा ठूलो भूमिका निर्वाह गरेको थियो । सुरुमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन तथा सूचना संकलन र प्रसारणमा उहाँले बाँकेमा रहेर महत्वपूर्ण योगदान दिए । उनले महामारीका समयका सबै डराइरहेका बेला सबैलाई नआत्तिन र सावधानी अपनाउन हौसला प्रदान गरे ।
१ सय ३४ जनालाई पछि पार्दै श्रेष्ठसहित धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय र जलेश्वर अस्पतालका नर्स चण्डिका अधिकारी कोभिड हिरोज घोषित भएका हुन ।
श्रेष्ठले गरेका केही महत्वपूर्ण कामहरु
(चीनमा रोगको प्रकोप बढदै जाँदा २०७६ माघको २३ गते जिल्ला स्तरिय पुर्ब तयारी बैठकको आयोजनागरि सचेतनाका क्रियाकलाप गर्न भूमिका खेलेको ।
(फाल्गुण १७ र १९ गते भेरी अस्पतालमा शंकास्पद ७ जना विरामीको स्वाव संकलन गरि पीसीआर जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य (प्रयोगशालामा पठाउनेदेखि रिपोर्ट ल्याउनेसम्मको व्यवस्थापन गरेको ।(भिटिएम ल्याउन, स्वाव संकलन गर्न, रिपोर्ट पठाउने र ल्याउनेसम्मको व्यवस्थापन गरेको ।
(लकडाउनका बेला नाकावाट नेपाल भित्रने व्यक्तीहरुलाई सुरक्षा निकाय, स्थानियतह तथा स्वास्थ्य संस्थाहरुसंग समन्वयगरि उनिहरुलाई (क्वारेन्टाईनमा राख्ने र १४ दिनमा आरडिटी जाँचगरि करिव विस हजार ब्यक्तीहरुलाई स्वास्थ्य जाँचदेखि क्वारेन्टिनमा राख्नेसम्मको व्यवस्थापन गरेको ।
(कोभिडको विरामीलाई आइसोलेसनमा पुर्याउन एम्वुलेन्स व्यवस्थापनसम्मको काम गरेको । क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन स्थापना, संक्रमितको उपचार, सम्पर्क व्यक्तिको यात्रा विवरण, स्वाव संकलनदेखि शव व्यवस्थापनमा उल्लेखनिय भूमिका निर्वाह गरेको ।


विश्व खबर 




















