images
images
  • भारतबाट सिंगापुर जाँदै गरेको पानीजहाजमा भीषण आगलागी

    काठमाडौँ । भारतबाट सिंगापुर जाँदै गरेको एउटा पानीजहाजमा भीषण आगलागी भएको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको ‘एमभी एक्स(प्रेस पर्ल’ मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ ।

    भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो । त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो ।

    जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् ।

    आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ ।

    श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्डस् र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images